Home समाचार २५ जनाभन्दा बढीको सहभागिता रहने कार्यक्रम नगर्न एमालेको निर्देशन

२५ जनाभन्दा बढीको सहभागिता रहने कार्यक्रम नगर्न एमालेको निर्देशन

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा एमालेले कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गइरहेको भन्दै सार्वजनिक कार्यक्रमहरू हालका लागि स्थगित गर्ने बताएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मनाथ अधिकारीले आज प्रदेश तथा जिल्ला कार्यालयहरूलाई पत्राचार गर्दै २५ जनाभन्दा बढीको सहभागिता रहने पार्टी तथा जनसंगठनका सबै प्रकारका सार्वजनिक कार्यक्रमहरू हाललाई स्थगित गर्ने उल्लेख गरेका हुन्।

साथै एमालेले सरकारबाट जारी स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै सबै प्रदेश, जिल्ला तथा मातहतका कार्यालयहरू सुचारू राख्न आग्रह गरेको छ।पार्टीका आन्तरिक बैठक, भेलाहरू भने आवश्यक सतर्कता अपनाउँदै आयोजना गर्न एमाले केन्द्रीय कार्यालयले आग्रह गरेको हो। एमालेले केही जिल्लामा जिल्ला अधिवेशन गर्न बाँकी छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com