Home विशेष कोरोनाको तेस्रो भेरियन्ट आएपछि सेनाले मेचीमा बनायो एक हजार क्षमताको होल्डिङ सेन्टर

कोरोनाको तेस्रो भेरियन्ट आएपछि सेनाले मेचीमा बनायो एक हजार क्षमताको होल्डिङ सेन्टर

by ईलालटिन
0 comment

झापा ।  झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ मा १ हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा पुगेको छ। कोरोनाको नयाँ भेरियन्ट फैलन थालेपछि होल्डिङ सेन्टरको निर्माण द्रूत गतिमा अगाडि बढेको हो। होल्डिङ सेन्टरमा सोमबार भेटिएका प्राविधिकका अनुसार ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। मेचीनगरको दुवागडीस्थित हडिया खोलाको बगरमा चार बिगाहा क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा एक हजार जनालाई अटाउन सकिन्छ। २२ वटा छुट्टाछुट्टै आरसिसी भवनका हरेक कोठा एट्याच बाथरुमसहितका निर्माण भएका छन्।

मेचीनगर-१४ का अध्यक्ष शंकरप्रसाद पोखरेलका अनुसार १४ वटामा क्वारेन्टिन हलमध्ये दुई वटा मेडिकल अधिकृत र स्वाथ्यकर्मीले आवासको रूपमा प्रयोग गर्नेछन्। २५ करोडको लागत रहेको होल्डिङ सेन्टर गएको असार ३ गते मात्रै हनुमान कन्ट्रक्सन ललितपुरले निर्माण ठेक्का पाएको थियो।पोखरेल भन्छन्, ‘यही गतिमा अन्य विकासका आयोजना पनि निर्माण हुने हो भने निकासा भएका र हुन बाँकी बजेट फ्रिज हुने सम्भावना नै हुँदैन।’ -मेचीनगरले होल्डिङ सेन्टरका लागि जग्गा व्यवस्थापन गर्न सार्वजनिक सूचना नै जारी गरेको थियो।

वडाअध्यक्ष पोखरेलले भने, ‘कहीँ जग्गा नभेटाएपछि हडिया खोलाको बगरमा होल्डिङ सेन्टरका लागि जग्गा चयन भएको हो।’होल्डिङ सेन्टर बनेको जग्गा पनि नगरपालिकाको स्वामित्वमा रहेको छ। काँकडभिट्टा नाका आसपासमा जमिन नपाइएपछि हडिया खोला बगरमा बनाइएको मेची नगरको सूचना शाखाले जनाएको छ।काँकडभिट्टाबाट १७ किलोमिटरको दुरीमा रहेको होल्डिङ सेन्टर पुग्न धाइजन हुँदै भित्री सडकबाट मानव बस्ती जानुपर्छ। त्यसपछि हडिया खोलाको बगरमै होल्डिङ सेन्टर निर्माण भएको छ। सरकारले देशभरका ९ वटा नाकामा एउटै मापदण्डका होल्डिङ सेन्टर निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिएको थियो। सेनाले देशैभरि हनुमान कन्ट्रक्सनलाई निर्माण ठेक्का दिएको छ। सेनाले नै निर्माणाधीन होल्डिङ सेन्टरको रेखदेख गरिरहेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com