Home समाचार काठमाडौंका सबै पालिकाबाट आजदेखि राष्ट्रिय परिचय पत्रको सेवा लिन पाइने

काठमाडौंका सबै पालिकाबाट आजदेखि राष्ट्रिय परिचय पत्रको सेवा लिन पाइने

by ईलालटिन
0 comment

काठमाडौं । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सिंहदरबारलगायत ठाउँमा भीडभाड नगर्न आग्रह गरेको छ। अत्यावश्यक नभई अहिले राष्ट्रिय परिचय पत्र नबनाउन पनि विभागले आग्रह गरेको छ। ७७ जिल्लाबाटै राष्ट्रिय परिचय पत्र बनाउन सकिने भएकोले अहिले काठमाडौंमा भीडभाड नगर्न विभागले आग्रह गरेको हो। मंसिर १ गतेदेखि विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको थियो।

राहदानी बनाउन राष्ट्रिय परिचय पत्र नम्बर चाहिने भएपछि सिंहदरबार, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायत ठाउँमा पछिल्लो समय भीडभाड बढेको छ। विभागका निर्देशक ललितकुमार बस्नेतले आइतबारदेखि काठमाडौंका स्थानीय तहबाट पनि सेवा दिएर भीड कम गर्न लागिएको बताए। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड भएको हुनाले आइतबारदेखि काठमाडौंका पालिकास्तरबाट नै दर्ता प्रविष्ट (लाइभ इनरोलमेन्ट) गर्दैछौं। पालिकास्तरबाटै सेवा दिन लागिएकाले जिल्ला प्रशासन काठमाडौंमा भीडभाड गर्न जरूरी छैन,’ उनले भने।

सेवाग्राहीलाई सम्भव भएसम्म आफ्नै जिल्लाबाट सेवा लिन पनि विभागले आग्रह गरेको छ। राहदानी बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोले भीडभाड बढेको हो। राहदानी बनाउनेले मात्रै अहिले परिचय पत्र लिए हुन्छ,’ उनले भने, ‘अरूका हकमा पछि टोली वडा-वडामै आउँछ। वडामै टोली आउने भएकाले अत्यावश्यक नभएकाहरूले राष्ट्रिय परिचय पत्र बनाउन अहिले भीडभाड गरिरहनु पर्दैन।’ ७७ जिल्ला प्रशासन कार्यालय र १७ इलाका प्रशासन कार्यालयबाट लाइभ इनरोलमेन्टको काम भइरहेको उनले बताए। ‘अहिले भीडभाड देखिनुको कारण विद्युतीय राहदानी लागू भएर हो। मानिसहरू विद्युतीय राहदानी बनाउन काठमाडौं आए, राष्ट्रिय परिचय पत्र बनाउन फेरि जिल्ला जानु नपरोस् भनेर हामीले २५ स्टेशनबाट सेवा दिएको हो,’ बस्नेतले भने।

राहदानी विभागमा १० स्टेशन, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ९ वटा, ललितपुर जिल्ला प्रशासनमा ५ वटा स्टेशनहरू थप गरिएको छ। अन्यत्र भीडभाड भएन। तर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अझै पनि भीड भएकाले आइतबारदेखि पालिका तहबाटै सेवा दिन लागेका छौं,’ उनले भने, ‘अब काठमाडौं प्रशासनमा भीडभाड गर्न जरूरी छैन। पहिले ७७ जिल्लाबाटै राहदानी लिन सकिन्थ्यो। तर सबै जिल्ला प्रशासन कार्यालयहरूमा विद्युतीय राहदानीको आवेदन लिने सेवा सुरू नहुँदा काठमाडौंमा भीडभाड भएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com