Home पत्रपत्रिका माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना

माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोनाभाइरस संक्रमण भएको छ ।  मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेल बाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो । कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइर संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार (आजै) बाट भेटघाट बन्द गरेका छन् । कार्यालयका सबैलाई कर्मचारीलाई कोरोना भएपछि प्रचण्डले भेटघाट बन्द गरेर आईसोलेशनमा बस्न लागेका हुन् ।  प्रचण्डले बिहीबारबाटै भेटघाट बन्द गरेको जानकारी दिँदै उनको सचिवालयले जारी गरेको विज्ञप्ति ?

आदरणीय कमरेडहरु तथा शुभेच्छुक मित्रहरू,

पार्टीको ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको र अध्यक्ष कमरेड प्रचण्ड पुनः अध्यक्ष निर्वाचित हुनुभएकोमा सम्पुर्ण राजनैतिक शक्ति, स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, सम्पुर्ण पार्टीपंक्ति तथा शुभेच्छुकहरुद्वारा व्यक्त गरिएको बधाई तथा शुभकामनाको लागि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं। राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं ।

यसकारण पर्न गएको अप्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ।  हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्नेछौं। केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरुलाई समेत कोभिड संक्रमण पुष्टि भएकोले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com