Home अर्थ/वाणिज्य बैंकहरुको कर्जाभन्दा निक्षेप धेरै बढ्न थाल्यो, एक सातामा १४ अर्ब रुपैयाँले बढ्यो निक्षेप

बैंकहरुको कर्जाभन्दा निक्षेप धेरै बढ्न थाल्यो, एक सातामा १४ अर्ब रुपैयाँले बढ्यो निक्षेप

by ईलालटिन
0 comment

काठमाडौं ।  वाणिज्य बैंकहरुमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन धेरै बढ्न थालेको छ। नेपाल बैंकर्स सँघको तथ्याँक अनुसार गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स सँघको तथ्याँक अनुसार पुस १६ गतेसम्ममा बैंकहरुको निक्षेप संकलन ४२ खर्ब ४९ अर्ब पुुगेको छ। यो पुन ९ गतेसम्म्मा ४२ खर्ब ३६ अर्ब थियो।

गत साता बैंकहरुको स्वदेशि मुद्राको निक्षेप २० अर्ब रुपैयाँले बढेको छ तर विदेशि मुद्राको निक्षेप भने ६ अर्ब रुपैयाँले घटेको छ। यसैगरी पुस १६ गतेसम्ममा बैंकहरुले ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमा ३९ खर्ब ७४ अर्ब स्वदेशि मुद्रामा कर्जा दिएका छन भने १ खर्ब २५ अर्ब विदेशि मुद्रामा कर्जा दिएका छन्। पछिल्लो केहि समय यता बैंकहरुको कर्जा लगानी केहि सुस्ताएको छ भने निक्षेप संकलन केहि बढ्न थालेको छ। मेरोलगानी ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com