Home विशेष पर्वतका पाँच पत्रकारलाई सृजनशील पत्रकारिता पुरस्कार

पर्वतका पाँच पत्रकारलाई सृजनशील पत्रकारिता पुरस्कार

by ईलालटिन
0 comment

पर्वत । प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतले स्थापना गरेको सृजनशील पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार पुरस्कृत भएका छन् । कोरोना महामारी लगायतका कारणले पाँच वर्षदेखि प्रदान गर्न नसकिएको पत्रकारिता पुरस्कार चौतारीले एकै वर्ष प्रदान गरेको हो ।

पत्रकार लक्ष्मण सापकोटा, कृष्णबहादुर अखेली, सुवास लामिछाने, शान्ति सुवेदी र महेन्द्र जिसीलाई उक्त पुरस्कार वितरण गरिएको थियो ।

शुक्रवार कुश्मामा आयोजित एक कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव पद्मा अर्यालले सम्मान पत्र तथा नगद प्रदान गरिन् । पुरस्कारको राशि रु २१ हजार १२१ रहेको छ ।

प्रेस चौतारी पर्वतले हरेक वर्ष एक सक्रिय पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । सापकोटालाई वर्ष २०७४ सालको पुरस्कार र त्यसपछिका पुरस्कार क्रमशः कृष्णबहादुर अखेली, सुवास लामिछाने, शान्ति सुवेदी र महेन्द्र जिसीलाई प्रदान गरिएको थियो ।

सो अवसरमा प्रेस चौतारी पर्वत शाखाका पूर्व अध्यक्ष भोलानाथ शर्मा, प्रेस चौतारी नेपालका पूर्ववरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्व अध्यक्ष गणेश पौडेल, राजेन्द्र पहाडी, इन्द्रमान खत्री र नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com