Home विशेष एकता युवा क्लबले बाँड्यो न्यानो सिरक 

एकता युवा क्लबले बाँड्यो न्यानो सिरक 

by ईलालटिन
0 comment

पर्वत । पुसको कठ्याङग्रिदो जाडोबाट बच्नका लागि एकता युवा क्लबले पर्वतको फलेवास नगरपालिका वडा नम्बर ४ मुडिकुवा स्थित चुरीमा पुगेर न्यानो सिरक हस्तान्तरण गरेको छ ।

दलित समुदायको बाहुल्यता रहेको यस गाउँका २५ घर धुरीलाई जाडोबाट जोगिन भन्दै ४० हजार रुपैयाँ बराबरको सिरक बाँडिएको क्लबका अध्यक्ष विजय चापागाईंले बताए ।
अन्य ठाउँमा रहेका गरिब समुदायमा पनि उनीहरूको समस्या बुझेर सहयोग जारी राखिने उनको भनाई थियो ।

यता नेपाली काँग्रेसका जिल्ला सहसचिव एवं क्लबका पूर्व अध्यक्ष अच्युत तिवारीले आफू जन्मिएको गाउँको यस ठाउँमा सहयोग गर्न पाएकोमा आफूलाई भाग्यमानी सम्झेको सुनाए ।

सहसचिव तिवारीले अहिले गरिएको सहयोग सानो नमुना मात्र भएका भन्दै आगामी दिनमा विभिन्न किसिमका सहयोग जारी राखिने प्रतिबद्धता समेत जनाए ।

सिरक खरिद गर्न सहयोग गर्नेहरूको नामावली
शिशिर शर्मा पौडेल रु १५००
उषा चापागाईं १ वटा सिरक
विजय चापागाईं – १ वटा सिरक
अच्युत तिवारी – १ वटा सिरक
किशोर क्षेत्री – १ वटा सिरक
दिनेश तिवारी – १ वटा सिरक
मिना बानिया केसी – रु २ हजार
अमृतप्रसाद पोख्रेल – १ वटा सिरक
गोकुल चापागाईं – १ वटा सिरक
शिव भन्डारी – १ हजार
नरेन्द्र बहादुर खत्री- २ हजार
मुकुन्द भन्डारी – १ हजार
हिमाल केसी – १ हजार
सन्तोष कार्की – १ हजार
संगम पुन – १ हजार

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com