Home विशेष भौगर्भिक अध्ययन गर्न मेलम्ची गएको एडिबी टोलीको हेलिकप्टरबाट उद्धार

भौगर्भिक अध्ययन गर्न मेलम्ची गएको एडिबी टोलीको हेलिकप्टरबाट उद्धार

by ईलालटिन
0 comment

काठमाडौं  । मेलम्ची खानेपानी आयोजनाको भौगर्भिक अध्ययन गर्न जाँदा हिमपातमा फसेको एसियाली विकास बैंक (एडिबी)का भूगर्भविदसहितको टोलीको उद्धार गरिएको छ।भौगर्भिक विज्ञसहितको १५ जनाको टोली बुधबार मेलम्ची खानेपानीको माथिल्लो भाग भ्रेमाथाङमा हिमपातमा फसेको थियो। श्री एयरको हेलिकप्टरले १५ जनालाई नै उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।

१० गते मेलम्चीको भौगर्भिक अध्ययन गर्न खानेपानी मन्त्रालयबाट १० जनाको टोली हेलिकप्टरमा मेलम्ची क्षेत्रमा गएको थियो।हेलिकप्टर एक ठाउँमा ल्याण्ड गराएर अन्य स्थानीय ५ जनालाई समेत लिएर टोली भ्रेमाथाङ गएको अधिकारीले बताए।हिमपातमा फसेको थाहा पाएपछि त्यही हेलिकप्टरले सुरक्षित स्थानमा ल्याएको अधिकारीले जानकारी दिए।१५ जनालाई सुरूमा उद्धार गरी ल्याङ्ग्री लार्के होटलमा ल्याइएको थियो।उनीहरूमध्ये ५ जना काठमाडौं फर्केको अधिकारीले बताए। ‘सबैको स्वास्थ्य अवस्था सामान्य छ, पाँच जना हेलिकप्टरमा काठमाडौं फर्कनुभएको छ, अरू स्थलमार्गबाट जाने तयारीमा हुनुहुन्छ,’ अधिकारीले भने। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com