Home बुलेट न्युज भारतमा ओमिक्रोनको खतरनाक गति, एकदिनमा सबैभन्दा धेरै १३५ संक्रमित भेटिए

भारतमा ओमिक्रोनको खतरनाक गति, एकदिनमा सबैभन्दा धेरै १३५ संक्रमित भेटिए

by ईलालटिन
0 comment

काठमाडौं । भारतमा ओमिक्रोनको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । एकदिनमा सबैभन्दा धेरै १३५ संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या बढेर ६७० पुगेको छ । सोमबार गोवा र मणिपुरमा पनि ओमिक्रोन पुगेको छ । दुबै राज्यमा हिजो एक–एक संक्रमित भेटिए । ओमिक्रोन हालसम्म २० राज्य/केन्द्र शासित प्रदेशमा फैलिएको छ  दिल्लीमा अघिल्लो दिन ओमिक्रोनको सर्वाधिक ६३ संक्रमित  भेटिएका छन् ।

यसबाहेक महाराष्ट्रमा २६, गुजरातमा २४, तेलंगानामा १२, राजस्थानमा ३, उत्तराखण्डमा ३ र हरियाणामा २ नयाँ संक्रमित भेटिएका छन् । ओमिक्रोनको खतरालाई मध्यनजर गर्दै सोमबार संसारभरी २,१०० फ्लाइट रद्द भएः ओमिक्रोनको बढ्दो मामिलाका बीच संसारभरी उडान रद्द हुने सिलसिला जारी छ । सोमबार करिब २१०० उडान रद्द भए जसमा ७०० अमेरिकाको हो । रिपोर्टका अनुसार क्रिसमसको छुट्टीका बेला शनिबार र आइतबार अमेरिकाको २३ सय उडान रद्द भए । यस्तै संसारभरी यतिबेला ३५०० उडान रद्द भए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com