Home बुलेट न्युज मधेसमा शीतलहर : यो वर्षकै बढी चिसो, जनजीवन प्रभावित

मधेसमा शीतलहर : यो वर्षकै बढी चिसो, जनजीवन प्रभावित

by ईलालटिन
0 comment

बारा । पछिल्लो केही दिनदेखि चलेको शीतलहर​सँगै आज मधेसमा यो वर्षकै सबैभन्दा बढी चिसो अनुभव भएको छ । शीतलहर चिसोका कारण मधेसको जनजीवन प्रभावित बनेको छ । सोमबार बिहानैदेखि चलेको चिसो हावाको कारण घर बाहिर निस्किन समेत कठिनाइ भएको छ । अत्यधिक चिसोले घर बाहिर रहेका मानिसको हातखुट्टा कठ्याङ्ग्रिएर हिँडडुल गर्न समेत समस्या भैरहेको स्थानीयहरुले बताएका छन् । सोमबार यो वर्षकै सबभन्दा बढी जाडो भएको मौसम पूर्वानुमान कार्यालय सिमराले मापन गरेको छ ।

कार्यालय प्रमुख केशवराज खरेलका अनुसार आज बिहानको न्युनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार साँझको अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस मापन गरिएको प्रमुख खरेलले बताएका छन् । आजको न्युनतम तापक्रम यो वर्षकै सबभन्दा कम रहेको मौसम पूर्वानुमान कार्यालय सिमराले जनाएको छ । शीतलहर​सँगै आज बिहानैदेखि रौतहट,बारा,पर्सा,सर्लाही लगायतका जिल्लामा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सुको कारण सवारीसाधन आवागमनमा समेत कठिनाइ भैरहेको देखिएको छ । शीतलहरसंगै बढेको चिसोले सबभन्दा बाढी वृद्ध अवस्थाका मानिस र बालबालिका बढी प्रभावित हुने गरेको जिल्ला अस्पताल गौरले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com