Home बुलेट न्युज चितवनमा भारतीय नागरिकको नेटवर्किङ धन्दा, तीन जना पक्राउ

चितवनमा भारतीय नागरिकको नेटवर्किङ धन्दा, तीन जना पक्राउ

by ईलालटिन
0 comment

चितवन । चितवनमा भारतीय नागरिकको सहभगितामा नेटवर्किङ व्यवसाय चलिरहेको भेटिएको छ।नेपालीलाई नेटवर्किङ व्यवसायमा प्रोत्साहन गरि ठगी गरिरहेको अवस्थामा चितवन प्रहरीले दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर २६ बस्ने सरोज घिमिरेको सहयोगमा ती भारतीयले केही मान्छेलाई भेला गरेर नेटवर्किङ व्यवसायमा प्रोत्साहन गर्दै आएका थिए।

‘भरतपुरस्थित सिजी ल्याण्डमार्कको छैठौं तल्लामा राखेर विभिन्न झुट्टा आश्वासन र विश्वास दिलाई भ्रममा पारेर व्यक्तिगत लाभको लागि आफ्नो तथा आफूले भनेको व्यक्तिको खातामा पैसा जम्मा गर्न लगाउनुहोस् भन्दै नेपालमा प्रतिबन्धित पिरामिड शैलीको क्यूनेट नेटवर्किङ व्यवसायको सम्बन्धमा मोटिभेसनल लेक्चर दिइरहेको अवस्थामा उनीहरूलाई फेला पारेका थियौं,’ डिएसपी नरहरी अधिकारीले भने, ‘नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा लाखौं रुपैयाँ ठगी गरेको भेटिएको छ।’ -उनका अनुसार विकास घिमिरे नामका व्यक्तिले सरोज घिमिरेले आफूलाई विभिन्न प्रलोभन देखाई आफ्नो तथा आफन्त(छोरा/श्रीमती) समेतको खातामा २७ लाख ५० हजार रुपैयाँ दाखिला गर्न लगाएको बयान दिएका छन्।

अन्य व्यक्तिहरू पनि त्यसैगरी ठगिएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको अधिकारीले बताए।प्रहरीले घिमिरेसहित भारतको राजस्थान शास्त्रीनगर जयपुर बस्ने २८ वर्षीय जितेश बर्मा र हरियाणाको गुडगाउँ जिल्ला सेक्टर २३, त्रिनिटी टावर १८३ कोलारस घर भएका ३४ वर्षीय अंकित शर्मालाई नेटवर्किङ व्यवसायको सदस्य बनाउन प्रयोग गर्ने गरेको ल्यापटप र उनीहरूले प्रयोग गर्ने गरेको मोबाइलसहित नियन्त्रणमा लिएको हो। उनीहरूलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ। -केही दिनअघि मात्रै प्रहरीले इजाजत नलिई बैकिङ कारोबार गर्ने एक व्यक्तिलाई पक्राउ गरेको थियो।

भरतपुर महानगरपालिका वडा नम्बर १० रिजालचोकस्थित मेक्स मि ई-कमर्स इन्टरनेशनलले नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त रहेको भन्दै सर्वसाधारणलाई झुक्कानमा पारी अन्य संस्थाले भन्दा राम्रो ब्याज दिने आर्थिक प्रलोभन देखाउने गरेको भेटिएको थियो। खाता खोल्न लगाई पासबुक समेत बनाई दैनिक रूपमा निक्षेप संकलन गरी ऋण समेत प्रवाह गर्दै ठगी गरेको भन्दै प्रहरीले संस्थाका कार्यकारी निर्देशक  पुष्पराज तिमिल्सेनालाई पक्राउ गरेको थियो। उनले नेपाल राष्ट्र बैकको नक्कली इजाजत पत्र तयार गरेर ठगी गरेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले बताएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com