Home समाचार माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटी अध्यक्षमा दुई दाबेदार

माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटी अध्यक्षमा दुई दाबेदार

by ईलालटिन
0 comments

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटीको अध्यक्षमा दुई जना दाबेदार देखिएका छन् । पोखरामा शनिबारदेखि सुरु भएको प्रदेश सम्मेलन आइतबार नयाँ नेतृत्व चयन गरेर सकिँदैछ । सम्मेलनमा प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधिको सहभागिता छ । आइतबार बन्द सत्रपछि प्रदेशमा नयाँ नेतृत्व चयन गरेर सम्मेलन टुंगिने जनाइएको छ ।

प्रदेश अध्यक्ष पदका लागि -स्याङ्जाका शैलेन्द्र घिमिरे र कास्कीका दिपक कोइराला ‘रुपक’ दाबेदार देखिएका छन् । हालका अध्यक्ष हरि अधिकारी ‘कुमार’ अध्यक्षमा पुनः नदोहोरिने भएका छन् । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी सदस्यहरु जिल्ला वा प्रदेश समितिमा नरहने व्यवस्था छ । गण्डकी प्रदेश कमिटीका अध्यक्ष कुमारले आफू पुनः दोहोरिन नचाहेको बताए । उनले भने, ‘म पुनः दोहोरिने सम्भावना कम छ, विधानले दोहोरिन नपाउने भन्ने हैन । तर, अहिले छलफल चलिरहेको छ । आजै सरसल्लाह गरेर नयाँ नेतृत्व चयन गर्छौं ।’

गण्डकी प्रदेश कमिटी अध्यक्षका आकांक्षी घिमिरे स्याङ्जा जिल्ला इन्चार्ज हुन् । अर्का आकांक्षी कोइराला पोखरा महानगरको अध्यक्ष हुन् । अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ जनासहित २२९ सदस्यीय प्रदेश समिति निर्वाचित गर्नेछ । त्यसमध्ये कम्तीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १९ प्रतिशत दलित, मुस्लिम तथा सीमान्तकृतहरुको प्रतिनिधित्व रहने छ । अधिवेशनमा प्रदेशका विभिन्न तहबाट निर्वाचित भएका ८ सय ४६ जना प्रतिनिधि सहभागी छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com