काठमाडौँ । नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशनमा पर्वतमा रहेर लामो समयदेखि राजनीतिमा सक्रिय नेता बसन्त बहादुर सीकेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
काँग्रेस निकट नेपाल शिक्षक सङ्घको पूर्व राष्ट्रिय उपाध्यक्ष रहिसकेको उनी काँग्रेसको पूर्व महासमिति सदस्य पनि हुन् ।
पर्वतबाट महाधिवेशन प्रतिनिधि बनेका सीकेले निष्ठावान् नेताका रूपमा आफ्नो परिचय बनाएका छन् ।
नेपाली काँग्रेसमा बिपीको सिद्धान्तको पथ प्रदर्शक रहेका सीकेले नेपाली काँग्रेसको शुद्धीकरणका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
