129
कास्की । पोखरामा ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु भएको छ । पोखरा विजयपुरस्थित सडक खण्डमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख.२९४८ नम्बरको फलामे छड (रड) बोकेको ट्रक अनियन्त्रित भई नालीमा पल्टिँदा दुइ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी लमजुङ पार्चेका ४२ वर्षीय चालक भीमबहादुर तामाङ र नवलपरासी गैडकोट–१७ का मुर्कुस तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । दुर्घटनामा परेका दुई जनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी तिवारी बताए । सेतोपाटी ।