Home समाचार सहसचिवबाट अवकाश पाएका खनाल गृहमन्त्रीको विज्ञ नियुक्त

सहसचिवबाट अवकाश पाएका खनाल गृहमन्त्रीको विज्ञ नियुक्त

by ईलालटिन
0 comment

काठमाडौं । गृहमन्त्रालयबाट अनिवार्य अवकाश पाएका सह सचिवलाई गृहमन्त्री बालकृष्ण खाणले आफ्नो विज्ञमा नियुक्त गरेका छन् । गृहको प्रशासन महाशाखाबाट गत महिना अनिवार्य अवकाश पाएका सुनिल खनाल गृहमन्त्रीको प्रशासन तथा शान्ति सुरक्षा विज्ञमा नियुक्त भएका हुन् ।

नेपाली काँग्रेस निकट मानिने खनाललाई केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विज्ञमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । खनाललाई आफ्नो विज्ञमा नियुक्त गर्न गृहमन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । यसअघिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र जनार्दन शर्माले पनि सुरक्षा विज्ञ नियुक्त गरेका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com