Home बुलेट न्युज सभापतिको उम्मेदवार छान्न पौडेल पक्षले आज केन्द्रीय सदस्यसँग छलफल गर्ने

सभापतिको उम्मेदवार छान्न पौडेल पक्षले आज केन्द्रीय सदस्यसँग छलफल गर्ने

by ईलालटिन
0 comment

काठमाडौं । आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज फेरि बैठक राखेका छन्।सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो।दुई दिनभित्र सभापतिको उम्मेदवार तय गर्ने उनीहरूबीच समझदारी बनेको थियो।

सोही समझदारीअनुसार आफूनिकट केन्द्रीय सदस्यहरूसँग सुझाव लिन आज पौडेलले बैठक राखेका छन्। -पूर्वमहामन्त्री सिंह निवास ठमेलस्थित चाक्सीबारीमा आज दिउँसो १ बजेका लागि केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ। सभापतिमा पौडेलसहित शशांक, प्रकाशमान र शेखर आकांक्षी छन्। प्रकाशमानले त आजदेखि सम्पर्क कार्यालय नै खोलेर नेता तथा कार्यकर्तासँग भेटघाट थाल्दैछन्।केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र सम्भव भएसम्म महाधिवेशन प्रतिनिधिका सुझाव लिएर सर्वसम्मत रूपमा सभापति तय गरिने पौडेलनिकट एक नेताले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com