Home पत्रपत्रिका काँग्रेस महाधिवेशन : प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

काँग्रेस महाधिवेशन : प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

by ईलालटिन
0 comment

काठमाडौं  । नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको हो ।हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने उनले बताए ।

चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङको तयारी गरेका छौँँ”, पाण्डेले भने । समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गर्न लागेको छ । अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ”, संयोजक पाण्डेले भने । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिएको छ ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com