Home विशेष रन बहादुर सार्कीलाई अमेरिकाबाट सहयोग 

रन बहादुर सार्कीलाई अमेरिकाबाट सहयोग 

by ईलालटिन
0 comment

पर्वत । सदरमुकाम नजिकै बसेको बर्षौ भइसक्दा पनि बिजुली बत्ती, खानेपानी, शौचालय लगायतका सामान्य आवश्यकताबाट वञ्चित बनेका कुस्मा नगरपालिका स्थित गोदामका ६२ वर्षीय रन बहादुर सार्कीलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ ।

लाल्टिन मिडियाबाट रन बहादुर सार्कीको पीडालाई उजागर गरिएको प्रकाशित र प्रसारित समाचारका आधारमा अमेरिका बस्दै आएका पर्वत कुस्मा निवासी पुनम बसेलले ११ हजार १ सय ४५ रुपैयाँ सहयोग गरेका हुन् । उक्त सहयोग रकमबाट खाद्यान्न तथा लत्ताकपडा लगायतका सामाग्रीहरू खरिद गरी  रन बहादुर सार्की र उनकी श्रीमती धनमाया सार्कीलाई हस्तान्तरण गरिएको हो ।

गोदामका स्थानीय गणेश गौतमले रन बहादुर सार्कीको समस्याका बारेमा जानकारी गारापछि सार्कीको परिवार वर्षौँदेखि बिजुली बत्ती, खानेपानी, शौचालय लगायतका सामान्य आवश्यकताबाट वञ्चित भएको समाचार प्रकाशित र प्रसारित भएको थियो । नेपालमा लामो समय सञ्चार कर्ममा रहेका बसेल केही वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका छन् । उनले बेलाबेलामा सहयोग रकमहरू नेपाल पठाइ रहेका हुन्छन् ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com