Home समाचार कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चले गरिदियो खारेज

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट सर्वोच्चले गरिदियो खारेज

by ईलालटिन
0 comment

 काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका बेला नेपाली कांग्रेसको महाधिवेशन नगर्न माग गर्दै दायर भएको रिट खारेज गरिदिएको छ। कांग्रेस बागमती प्रदेश सभा सदस्य रहेका नरोत्तम वैद्यले गत हप्ता दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खारेज गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।

वैद्यले कोरोना महामारी भएकाले महाधिवेशन केही समय पर सार्न माग गरेका थिए। महाधिवेशन रोक्ने मेरो माग होइन, कोरोना महामारी छ केही समय पर सारौं भन्ने हो,’ वैद्यले भने, ‘कोरोना कम होस्। सबै नेपालीले खोप लगाउने वातावरण मिलेपछि भव्यताका साथ महाधिवेशन गरौं। आफूले सर्वोच्चमा रिट दिएर १४ औं महाधिवेशन रोक्न नखोजेको उनले दाबी गरेका छन्। कांग्रेस महाधिवेशनमा भिडभाड हुन्छ, यसले कोरोना नफैलाओस्,’ उनले भने। कांग्रेसको वडा अधिवेशन शुक्रबारदेखि सुरू भएको थियो।  नगर/गाउँ पालिकाको महाधिवेशन २७ गते हुँदै छ भने केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म छ।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com