Home फोटो फिचर काँग्रेस अधिवेशन, रामकृष्ण मल्ल र पक्राउ आदेश  

काँग्रेस अधिवेशन, रामकृष्ण मल्ल र पक्राउ आदेश  

by ईलालटिन
0 comment

पर्वत । नेपाली काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा पर्वत जिल्ला सभापतिमा जर्वजस्त आफ्नो उम्मेदवारीलाई लिएर चर्चित बनिरहेका याम बहादुर मल्ल (रामकृष्ण) लाई साउन ३१ को अदालती आदेशले जेल चलान गर्न भनेको छ । मल्ललाई ठगी मुद्दामा जिल्ला अदालत कास्कीले पक्राउ गरी जेल पठाउन आदेश दिए सँगै मल्लको राजनैतिक भविष्यलाई लिएर विभिन्न खालका टीकाटिप्पणी सुरु भएका छन् ।

अधिवेशनको सम्मुख आइपुग्दा जिल्लाको काँग्रेस पाटी कोषाध्यक्ष र जलजला गाउँपालिका अध्यक्ष समेत रहेका मल्ललाई कास्की अदालतले ४ महिना अघि चैत्र २७ गते नै कैद सजाय सुनाएको थियो । त्यही आदेशलाई कार्यान्वयनका लागि अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई फैसला पत्र लेखी पक्राउ गरी अदालतमा पेस गर्न आदेश दिएको हो ।

यता मल्लले भने चार महिना अघि अदालतको फैसलाका बारेमा आफूलाई कुनै जानकारी नदिएर गुमराहमा राख्ने काम भएको बताए । ‘मलाई अहिलेसम्म कुनै पनि अदालती निर्णयका बारेमा जानकारी भएको थिएन’, उनले भने, ‘एक्कासि अहिले पक्राउ गर्न भनिएको छ । यसलाई काँग्रेस भित्रका साथीहरूकै षडयन्त्रका रूपमा लिएको छु ।’

मल्ललाई जिल्लामा सभापतिका लागि बलियो उम्मेदवारका रूपमा हेरिँदै आइएको छ । छोटो समयमा मल्लले पाएको चर्चा र पछिल्लो समय काठमाण्डौंसम्म सम्बन्ध अघि बढाउन गरेका दौडधुपका कारण पनि उनलाई सभापतिको लागि चर्चित पात्रका रूपमा हेरिने गरिएको छ । ‘आफूलाई बदनाम गराउन सकिन्छ कि भनेर केही साथीहरूले प्रहरीलाई फोन गरेर पक्राउ गर्न दबाब दिने । पत्रकारलाई समाचार बनाएर जताततै प्रकाशन÷प्रसारण गर्न लगाउने लगायतका निकृष्ट कामहरू गरेका छन् ।’ उनी भन्छन्, ‘यसबाट आफू हतोत्साहित नभएको बरु अझ राजनैतिक रूपमा पल्सप्वाइन्ट भएको छ ।’

अदालतले कारागार कास्की चलान गर्न भनिएका पात्र मल्लले ठगीका बारेमा आफू जमानी मात्र बसेको तर, मैले नै ठगेको जसरी प्रचारबाजी गरेर घट्नालाई अतिरञ्जित बनाउने काम भएको बताए । ‘बागलुङ घर भएका राजेश बोहोराले दश वर्ष अघि २०६८ सालमा बसको रुट परमिटका लागि पैसा चाहियो भनेपछि हिमालयन एन्ड इन्भेस्टमेन्ट प्रा.ली.मा जमानी बसेको थिएँ’, मल्लले भने, ‘सहयोग गर्दा उल्टै अदालतबाट मैले नै ठगे जसरी व्यवहार गर्ने काम भयो ।’

हिमालयन एन्ड इन्भेस्टमेन्ट प्रा.ली.का प्रोप्राइटर धुव्र थापाले जमानी बसेका मल्लले पैसा नतिरेको भन्दै अदालतमा गएका थिए । १० लाख १७ हजार ९५ रुपैयाँ ऋण लिएको प्रा.ली.को रकम आजको दिनमा आइपुग्दा ब्याज सहित १९ लाख पुगेको छ । उक्त रकमे बैङ्कमा दाखिल गरिसकेको मल्लले बताए । बोहोराले ऋणमा ल्याएको बस समेत अहिले हिमालयन एन्ड इन्भेस्टमेन्ट प्रा.ली.को नियन्त्रणमै रहेको उनले जानकारी गराए ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com