142
धनगढी । कैलालीमा नाली खन्दा फेला परेकाे बम डिस्पोज गरिएको छ।आइतबार टीकापुर नगरपालिका वडा नम्बर १ मा डाेजरले नाली खन्दा उक्त बम फेला परेकाे थियो।साेमबार बिहान नेपाली सेनाकाे डिस्पोजल टाेलीले बम डिस्पोज गरेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।बम कसले राखेकाे भन्नेबारे खुलेको छैन।उक्त बम द्वन्द्वकालमा कसैले छोडेको हुनसक्ने अनुमान प्रहरीको छ। सेतोपाटी ।