पर्वत । सदरमुकामका गाईपालक परशुराम भण्डारी वर्ष (४८), दुई दशक देखी उसै गरी हरेक रात ११ बजे सुतेर बिहानै ३ बजे उठी हाल्छन् । श्रीमती कमला भण्डारी पनि उनी सँगै मात्र ४ घण्टा निदाएर दुई दर्जन बढी गाईको स्याहर गर्न गोठमा पस्छिन् ।
दुई दशक अघि यूरोपको झिलिमिलीलाई छाडेर आफ्नै अँध्यारो देशलाई टुकी बनेर उज्यालो बाँड्न सकिन्छ भन्ने चेतनाले पशुपालनको बाटोतर्फ भण्डारीका पाईला अगाडि बढे । र आजसम्म पनि निरन्तर जारी छ ।
हामी बिहान ६ बजे उनको घरमा पुग्दा भण्डारीले गाई दुएर सक्नै लागेका थिए । उनकी श्रीमती भने बजारसम्म दुध पु¥याउनका लागि प्याकिङ्ग गर्दै थिइन् । केही छिनपछि बिहानीका सबै काम सकेर दुबैजना दुध बोकेर बजारतर्फ लाग्छन् ।
भण्डारी घरमै रहेको गाईफर्मका सम्पूर्ण काम सकिवरी खाना खाएर अग्लो बन्जीजम्पको तल र कालिगण्डकी नदिको नजिकै रहेको अर्को फर्ममा रहेका भैँसीको स्याहरमा खटिन्छन् । फर्म सँगै उनले १५० रोपनी भन्दा बढी जग्गामा घाँस लगाएका छन् । आफ्ना गाई–भैँसीहरुका लागि यहाँको घाँसले प्रशस्त पुग्ने गरेको र कहिलेकसो घाँसका बिरुवाहरु बिक्रीसमेत गर्ने गरेको भण्डारीले सुनाए ।
राज्यले देशको विकास कृषिबाट मात्र सम्भव भएको कुरा बारम्बार बताइरहन्छ । यूवाहरुलाई कृषिमा आकर्षित गर्न भन्दै अनुदानदेखि सिप र प्रविधिसम्म उपल्बध गराउँदै आएको बताउने राज्य आखिर किन ? गाईपालक भण्डारीलाई आँखै अघि भएर पनि अनदेखा गरिरहेको छ ।

गाउँगाउँमा सरकार पुगेको बताउने शासकहरुले आजका दिनसम्म भण्डारीलाई न त सम्मान नै ग¥र्यो, न कुनै समस्याका बारेमा एकपटक सोध्यो । र पनि भण्डारीको कुनै चित्त दुखाइ भने छैन । उनलाई सिर्फ यति थाह छ, इमान्दारी साथ मिहिनेत गर्नुपर्छ । र गरि पनि रहेका छन् । अरु दाँयाबायाँ सोच्ने उनलाई न फुर्सद छ, न मननै ।
भण्डारी यहाँ दिनभरीको काम सकेर यसै गरी हरेक साँँझ थाप्लोमा नाम्लो पिठयूँमा घाँसको गह्रौ भारी बोकेर उकालो उक्ली रहन्छन । उनलाई यहाँबाट घाँसको भारी बोकेर घरसम्म पुग्न करिव ४५ मिनेट जति लाग्ने गर्छ । उनलाई कति दुखेसो छैन आफ्नो पेशाप्रति । बरु आफ्नै माटोमा पसिना चुहाउन सकेकोमा गर्व छ । दुखेसो त उनलाई यस मानेमा छ कि, सदरमुकाममै पशुपालन गर्ने हामीलाई नदेख्ने राज्यले गाउँका सामान्य कृषकहरुलाई त के देख्यो होला र ? उनको प्रश्न छ ।
चुनावका बेला परशुराम भण्डारीको गाईफर्म देख्ने दलका मुन्छेहरुले जितपछी कसरी अनदेखा गर्न सकेको होलान् ? स्वयं भण्डारी नै अनविज्ञ छन् ।