Home पत्रपत्रिका दल दाहिना भएपछि

दल दाहिना भएपछि

by ईलालटिन
0 comment

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं र रौतहटबाट पराजित भएका माधवकुमार नेपाल संविधानसभा सदस्यमा मनोनित भएर आए। पहिलो संविधानसभामा गठित संवैधानिक समितिको सभापति बनेका उनी २०६६ सालमा प्रधानमन्त्री निर्वाचित भए।

नेपाल नेतृत्वमा सरकार गठन भएपछि राष्ट्रिय योजना आयोगको सदस्यमा ल्याइए डा युवराज खतिवडा। खतिवडा त्यसअघि राजाको प्रत्यक्ष शासनकालमा योजना आयोगका सदस्य भइसकेका थिए। अर्थशास्त्री डा शंकर शर्मालाई उपाध्यक्ष बनाएर खतिवडालाई सदस्य बनाइएको थियो।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मा कार्यरत खतिवडालाई नेपालले योजना आयोगको उपाध्यक्ष बनाएका थिए। योजना आयोगको उपाध्यक्ष रहेकै बखत नेपाल राष्ट्र बैंकमा गभर्नरको पद रिक्त भयो। तत्कालीन प्रधानमन्त्री नेपालले राष्ट्रिय योजना आयोगबाट खतिवडालाई गभर्नर बनाए।

राजकीय पदमा गभर्नरभन्दा योजना आयोगको उपाध्यक्ष माथिल्लो हैसियतमा भए पनि खतिवडा ‘ग्लामरस’ जागिरकाे केन्द्रीय बैंक गए। ५ वर्ष गभर्नर भएपछि उनी २०७१ मा त्यहाँबाट बाहिरिए।

२०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भए। प्रधानमन्त्री ओलीले फेरि खतिवडालाई पुरानै जिम्मेवारीमा ल्याए। अर्थात् खतिवडा दोस्रोपटक उपाध्यक्षको हैसियतमा योजना आयोग प्रवेश गरे। त्यबसेला उनी करिब ८ महिना योजना आयोगमा बसेका थिए।

नेपाल लाइभ

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com