255
गाउँमा हुँदै आएका पूर्वाधारका काम कमसल र झारा टार्ने खालको भएपछि पर्वत चुवाको स्थानीयबासीहरु जागरूक बन्न थालेका छन् । अहिले कार्यस्थलमै पुगेर कामको रेखदेख र निगरानी बढाउँदै आएका छन् । यति बेला चुवा–दुर्लुङ सडक खण्डको ढलानको काम चलिरहेको छ । अब हरेक पूर्वाधारको काममा निगरानी बढाइने उनीहरूले बताएका छन् । तीन महिना नहुँदै निर्माण गरिएको नाली भत्किएपछि स्थानीयहरूले ठेकेदारको कामको विश्वास मान्न छाडेका हुन् ।