Home समाचार सुन्दर हरिजनको कारागारमा मृत्यु प्रकरणः छानबिन समिति बनाउन माग

सुन्दर हरिजनको कारागारमा मृत्यु प्रकरणः छानबिन समिति बनाउन माग

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा(माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले रोल्पा कारागारमा निधन भएका सुन्दर हरिजन प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेकी छन् ।  मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विशंखेले विजय विक्रम शाहको नाममा सुन्दर हरिजनलाई रोल्पा कारागार राखिएको र शाहलाई भने हरिजनको नाममा कारागारबाट छुटाउने षड्यन्त्र गरिएको बताइन् ।

उनले केही दिन अघि सुन्दर हरिजनको कारागारमै निधन भएकोमा समग्र घटनाको छानविन गर्नुपर्ने बताइन् । उनले यस घटनाबाट नेपालको सिंगो न्याय प्रणाली, सुरक्षा संयन्त्र र राज्यको पुरै शासन संरचनामाथि प्रश्न चिन्ह खडा भएको उल्लेख गरिन् । सांसद विशंखेले घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गरिन् । उनले भनिन्,  ‘उक्त घटनामा सिंगो न्याय प्रशासन, न्यायालय जोडिएको कारणले गर्दाखेरी म संसदीय छानविन समिति गठन गरियोस् । र अपराधी करारलाई यथाशीघ्र छानविनको दायरामा लिइयोस् ।

र सर्वोच्च अदालत न्यायालय पनि जोडिएको कारणले गर्दा गृह मन्त्रालय र सर्वोच्च अदालतका न्यायाधीशसहितको छानविन समिति, संसदीय छानविन समिति र सरकारद्वारा गृह मन्त्रालयमा अर्को छानविन समिति गठन गरियोस् भनेर म सभामुख मार्फत् सरकारलाई माग गर्दछु ।’उनले सो घटनाको छानविनका लागि संसदीय छानविन समितिको साथसाथै गृह मन्त्रालयले पनि सरकारको तर्फबाट अर्को छानविन समिति गठन गर्नुपर्ने गरिन् । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com