Home विशेष दुर्लुङ्गचोक बासीहरूको वडालाई ७ बुँदे ध्यानाकर्षण पत्र

दुर्लुङ्गचोक बासीहरूको वडालाई ७ बुँदे ध्यानाकर्षण पत्र

by ईलालटिन
0 comment

पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ दुर्लुङ्गचोकमा बस्ने स्थानीयहरूले पोखरा बाग्लुङ्ग हाइवे दुर्लुङ्गचोक स्थित फराकिलो सडक खण्डमा यात्रु प्रतीक्षालय र दुर्लुङ्गचोकमा दुर्घटनाको जोखिम बढेको भन्दै उनीहरूले विभिन्न मागहरू सहित वडा अध्यक्ष परशुराम पुरी समक्ष ध्यानाकर्षण–पत्र बुझाएका छन् । स्थानीयले टिकाराम गिरीको नेतृत्वमा उक्त पत्र बुझाएका हुन् ।

यस्तो छ ध्यानाकर्षण पत्र

१. दुर्लुङ्गचोकमा बढ्दो सवारी चापका कारण यात्रुहरूलाई बाटो क्रस गर्दा दुर्घटना बढेकोले तुरुन्त जेब्रा क्रस वा आकासे पुल बनाउनु पर्ने ।
२. यात्रुहरू (विद्यार्थी, कर्मचारी) सडक छेउमा बसेर बस कुर्नुपर्ने तथा आवत जावत गर्ने क्रममा सडक दुर्घटना हुने सम्भावना बढेकोले सोही स्थानमा यात्रु प्रतीक्षालय राख्नु पर्ने ।
३. जथाभाबी रूपमा सवारीसाधन चलाइदिने, चालकको लापरबाहीका कारण उक्त चोकमा ट्राफिक सङ्केत र सुरक्षाका उपकरण राख्नु पर्ने ।
४. सडक चोकमा बिजुलीको पोल भए पनि बत्ती नवलेको कारण बारम्बार सम्बन्धित निकायलाई गुहार गर्दा पनि दुई महिना देखी चोक अन्धकारमा रहेकोले त्यसको मर्मत गरी सुचारु गरिनुपर्ने ।
५. वर्षाको समयमा आकासे पानी नालीमा नबगी सडक खण्डमा बग्दा सडक पिच खराब हुने साथै भलको पानी घरमा पस्ने भएकाले उक्त नालीको पनि व्यवस्थित गरिदिनु पर्ने ।
६. सडक अवरुद्ध हुने गरी निर्माण सामाग्रीहरू थुपार्ने, जथाभाबी सवारी पार्कीङ्ग गर्ने, सडक अतिक्रमण रोक्नु पर्ने र यसको अनुगमन गर्नु पर्ने ।
७. सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक आवागमन, सुरक्षित सवारी सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटना पछिको सेवा समेत कमजोर देखिएकाले दुर्घटना बढ्ने भएकाले विशेष जोड दिनु पर्ने ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com