काठमाडौँ । व्यस्त दैनिकी । भिडभाड र उकुसमुकुस वातावरण । यो माहौलबाट उम्किएर केही क्षण शान्त र एकान्त कसको मनले खोज्दैन होला र ? राजधानीको व्यस्तता, कोलाहल र बेफुर्सदबाट उम्किएर कतै शान्त, एकान्त, हरियालीको माझमा एक क्षण बिताउन निकै टाढा पुग्नुपर्ने अवस्था छ । हो त्यही अभाव पूर्तिका लागि साँच्चै शान्त, एकान्त र हरियालीको बिचमा छ देक्काइदो ओनसेन (रिसोर्ट फार्म हाउस, ओनसेन) । जहाँको आथित्यता साँच्चै आत्मीय र अनुपम छ ।
काठमाडौँको बुढानीलकण्ठ मन्दिरको सिरानमा जोडिएको यो देक्काइदो ओनसेन रिसोर्ट बेफुर्सदी र कामकाजीहरूका लागि पाइक पर्ने गरी सञ्चालनमा ल्याइएको छ । बुढानीलकण्ठ मन्दिरदेखि माथि एक किलोमिटरको दूरी पार गर्ने हो भने रिसोर्ट पुग्न सकिन्छ । शान्त मात्र होइन आतिथ्यको आनन्दका बिच जापानको टिपिकल रामेन जसको नुढल्स र बेन्त्व बक्स देक्काइदो मौलिक परिकार हो । जापनिज र नेपाली मौलिक खानाको स्वाद यहाँको अर्को आकर्षण भएको देक्काइदो ओनसेनका अध्यक्ष अर्जुन अधिकारी बताउँछन् । जुन नेपालका अन्य रिसोर्टमा नपाइने परिकार हो । बेन्त्व बक्सहरू काठमाडौँका डिपार्टमेन्ट स्टोरहरूलाई पनि सप्लाई गर्ने योजना रहेको अधिकारीले सुनाए ।
अर्घाखाँचीको सन्धीखर्कमा जन्मिएका अधिकारी किशोर हुँदा नै सन १९९५ तिरै हस्पिटालिटी क्षेत्रमा सरिक भएका हुन । पोखरामा बुवा ढुण्डिराज अधिकारी र दाजु अमृत अधिकारीले सुरु गरेको होटेल व्यवसायमा अर्जुनले मार्केटिङको जिम्मेवारी लिएर काठमाडौँ छिरेका थिए । त्यही बेला उनले एउटा म्यागेजिनमा संसारको सबैभन्दा उत्तम सेवा र शौचालय जापानमा पाइने कुरा पढे । त्यसपछि उनी सन २००१ मा जापान पुगे । पाँच वर्ष हस्पिटालिटी क्षेत्रमा काम गरे र आज जापानको होक्काइदो सहरमा ‘बिस्तारै बिस्तारै’ नामका १० वटा रेस्टुरेन्ट स्थापना गरिसकेका छन् ।
जापानको निकै सुन्दर होक्काइदो सहरमा जसरी मानिसहरु रिफ्रेसमेन्टका लागि आउने गर्छन त्यसहरी नै काठमाडौँ सहरको अव्यवस्थित ट्राफिक, बिरलै पाइने हरियाली र व्यस्तताबाट एक पल भए पनि उम्किएर समय विताउने स्थान बनोस भनेर आफूले देक्काइदो ओनसेन स्थापना गरेको अध्यक्ष अधिकारी बताउँछन् । प्रकृतिको बिचमा बाँस र माटोको प्रयोग गरेर आधुनिक सेवा विस्तार गर्न अधिकारीले करिब ८ रोपनी जमिनमा साढे ९ करोड लगानी गरे ।

त्यसमा जापानको ‘समराई’ कल्चरलाई हाम्रो नेपाली ग्रामिण बाँस र माटोको कल्चरसँग मिस्याएर यहाँको परिवेश निर्माण गरिएको छ । ‘अहिलेसम्म संरचना र रिसोर्ट निर्माणमा मात्रै ४ करोड लगानी भएको छ,’ देक्काइदो ओनसेनकी हेड अफ डिपार्टमेन्ट सुनिता अधिकारीले भनिन्, ‘अहिले यो ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ, अझै ४ करोड लगानी थपिन्छ होला ।’ परम्परागत र मौलिक शैलीलाई आधुनिक लेपन दिएर रिसोर्ट सजाइएको छ । जहाँ न जापनिज न नेपाली परिका मात्र पाइन्छ । आगन्तुकको चाहनाअनुसार टिपिकल जापनिज र नेपाली परिकार पस्कनु आफूहरूको उद्देश्य रहेको सुनिताले सुनाइन् ।
देक्काइदो ओनसेन रिसोर्ट फराकिलो र प्राकृतिक जङ्गलको बिचमा छ । आठ रोपनी जमिनमा फैलिएको रिसोर्टमा आरामदायी टेन्टको व्यवस्था छ । जहाँ आरामदायी रात बिताउन पाउने गरी व्यवस्था गरिएको छ । सुन्दर फराकिलो ठाउँहरूमा पिकनिक, भोज, पारिवारिक पार्टी र उत्सव मनाउन रिसोर्टले उचित वातावरण निर्माण गरेको छ । यहाँको सञ्चालन संरचना समेत कर्मचारी र लगानीकर्ता भन्दा पनि वनरसीपको उद्देश्यले तयार गरिएको छ । हरेक कर्मचारीले अपनत्व ग्रहण गर्न केही प्रतिशत सेयर प्रदान गरिएको एचओडी सुनिताले सुनाइन् ।
देक्काइदोका विशेषताहरुः
बस्नका लागि टेन्टहरू : घना जङ्गलको किनारमा दुई बेडसहितका तीन वटा आरामदायी डेक्काइडो टेन्ट हाउस, होक्काइदो टेन्ट हाउस र लाङटाङ टेन्ट हाउस देक्काइदो ओनसेनले व्यवस्था गरेको छ । ती जङ्गलको रमणीय वातावरणमा निदाउन सकिने गरी निर्माण गरिएका छन्। टेन्ट प्रकृतिको बिचमा भएकाले एक रात भए पनि स्वच्छ र ताजा हावामा सास फेर्न पाउनु यहाँको अर्को फाइदा हो ।
पिकनिक, बीबीक्यू र रात्रि भोज : दुई सयभन्दा बढी मानिसलाई सेवा प्रवाह गर्न सक्ने गरी ओनसेनले आफ्नो क्षमता बनाएको छ । मझौला खाले पार्टी, भोज, पिकनिक, व्रतबन्ध, पास्नी, बर्थडे उत्सवहरू मनाउन राजधानीसँगै जोडिएको देक्काइदो ओनसेन रिसोर्ट सबैको रोजाइ बन्न सक्छ। साना समूहका भोजनका लागि उपयुक्त तीन वटा सुन्दर कटेज (होक्काइडो कटेज, लाङटाङ कटेज र शिवपुरी कटेज)ले राजधानीदेखि पर पुग्नुपर्ने आवश्यकताको पूर्ति गर्ने विश्वास रिसोर्टको छ । बिकिक्यू वा साँझको पार्टी, यो रमणीय प्राकृतिक स्थलमा आनन्ददायी बनाउने प्रबन्ध रिसोर्टले मिलाएको छ ।
बैठक, सम्मेलनका लागि प्रबन्ध : रिसोर्टले फुटकर रूपमा आउने पाहुना मात्र होइन औपचारिक र अनौपचारिक बैठकहरू, सम्मेलनहरू आयोजना गर्न सक्ने गरी प्रबन्ध मिलाएको छ । पूर्ण प्राविधिक सहयोग, स्वादिला र स्वास्थ्यकर जापानी र नेपाली परिकार, भित्री र बाहिरी ठाउँहरूको व्यवस्था चुस्त रूपमा गरिएको छ । रिसोर्टले विशेष तालिम प्राप्त दक्ष कर्मचारीमार्फत आत्मीय व्यवहारसहितको सेवा विस्तार गरेको छ ।
सुटिङ स्थल : झट्ट हेर्दा कुनै फिल्ममा देखिने सुन्दर संरचनाजस्तो लाग्छ देक्काइदो रिसोर्ट । जहाँ मानिसको मन नलोभिने कुरै भएन । पछिल्लो समय भिडियो सुटिङ, टिकटक सुटिङको प्रचलन बढ्दै गएको छ । जसका लागि यो उपयुक्त रोजाइ बन्नेछ । देक्काइदो रिसोर्ट ओनसेनले सुटिङ स्थलका रूपमा आफूलाई तयार राखेको छ । त्यसैले यहाँ सुन्दर वातावरणमा गीत, सङ्गीतका भिडियोहरू, व्यावसायिक क्लिपहरू, चलचित्रका दृश्य वा छोटो फिल्म र टिकटक भिडियोहरू सुटिङ पनि गर्न सकिन्छ ।