Home समाचार बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

by ईलालटिन
0 comment

काठमाडौं  ।  सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।संसदमा पेस हुन लागेको सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न शनिबार दिउँसो सत्तारूढ दलका नेताहरूको बैठक बसेको हो। बैठक केहीबेरअघि सकिएको छ।बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल पनि बैठकमा उपस्थित थिए। सरकारले जेठ १० गते नीति तथा कार्यक्रम पेस गर्दै छ।वैशाख ३० गते स्थानीय तहको चुनाव भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूको पहिलो पटक बैठक बसेको हो। चुनावमा सत्ता गठबन्धनले केन्द्रबाटै ६ महानगर र ११ उपमहानगरमा भागबन्डा गर्ने निर्णय गरेको थियो। यसअघि जेठ ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाका भाइको निधन भएपछि उनले तीन दिन भेटघाट रोकेका थिए। अहिले पनि सेतो पहिरनमा रहेका देउवाले अत्यावश्यक भेटघाटमात्र गरिरहेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com