Home समाचार गठबन्धन नगरेको भए झन् धेरै जित्थ्यौं: शेखर कोइराला

गठबन्धन नगरेको भए झन् धेरै जित्थ्यौं: शेखर कोइराला

by ईलालटिन
0 comment

विराटनगर ।   नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको बताएका छन्। अघिल्लो चुनावमाभन्दा यसपटक कांग्रेस बलियो बनेको तथ्यांकले देखाइरहँदा नेता कोइरालाले भने एक्लै चुनाव लडेको भए अहिलेभन्दा अझै धेरै स्थानमा जितको सम्भावना रहेको दाबी गरेका हुन्। अहिलेसम्म जितेका ६० प्रतिशत स्थानीय तह कांग्रेस एक्लैले जितेको हो’, कोइरालाले सेतोपाटीसँग भने, ‘बाँकी ४० प्रतिशत गठबन्धनको बलमा जितेको हो। यदि गठबन्धन थिएन भने कांग्रेसले अरू धेरै सफलता पाउने थियो।’

नेता कोइराला सुरूदेखि नै कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने अडानमा थिए।गठबन्धनमा रूचि नभएकै कारण उनको गृहजिल्ला मोरङमा कांग्रेसले तालमेल गरेन। तालमेल नगरी चुनावमा गएको कांग्रेसले मोरङका धेरै स्थान गुमाएको छ। तालमेल गरेको विराटनगरमा कांग्रेस विजेता हुँदा तालमेल नगरेको उर्लाबारी, लेटाङ, बेलबारी, पथरी शनिश्चरेसहितका दुई गाउँपालिका जितिसकेको छ। रंगेली र सुन्दरहरैंचामा पनि एमालेकै अग्रता छ। कांग्रेस भने रतुवामाई नगर र विराटनगरमा सीमित भएको छ। मोरङमा भोगेको असफलतालाई भने कोइरालाले स्वीकार गरे।-गठबन्धन नहुँदा मोरङमा केही स्थान हामीले लुज गर्यौं’, कोइरालाले भने, ‘तर, देशव्यापी रूपमा हेर्दा गठबन्धन नभएकै ठाउँमा हामीले धेरै जितेका छौं। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com