काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ।अर्थमन्त्री जनार्दन शर्माको गृह पालिका मुसिकोटमा माओवादी केन्द्रका बसन्तकुमार शर्मालाई १३ मतले पराजित गर्दै कांग्रेसका महेन्द्र केसी मेयर बनेका हुन्।महेन्द्र ६९१४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी बसन्तले ६९०१ मत प्राप्त गरे।
मुसिकोटमा नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको थियो। तर उपमेयरमा एमालेका उम्मेदवार थलबहादुर ओली भने पराजित भएका छन्। माओवादीले मुसिकोटमा एकीकृत समाजवादीसँग मात्र तालमेल गरेको थियो।उपमेयरमा एकीकृत समाजवादीका विमलकुमार पुनमगर विजयी भएका छन्। विमलले ६१४० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी ओलीले भने ५९८५ मत मात्र ल्याउन सके।