चितवन । चितवनको नारायणगढस्थित कमलनगर चोकका केही पसलमा गए राति दुई बजेबाट लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार कमलनगरस्थित तुलसिराम सापकोटाको घरको पहिलो तल्लामा रहेका पसलहरुमा आगलागी भएको थियो।
आगोले विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको एक्प्रेस मोवाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोेनिक्स, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सीमा क्षति पुगेको छ। -प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र नेपाली सेनाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।