Home समाचार भारतले जम्मु कस्मिरमा बनाउने भयो ५४० मेगावाटको जलविद्युत आयोजना

भारतले जम्मु कस्मिरमा बनाउने भयो ५४० मेगावाटको जलविद्युत आयोजना

by ईलालटिन
0 comment

नयाँदिल्ली । भारतले जम्मु कस्मिरमा ५४० मेगावाटको जलविद्युत आयोजना बनाउने भएको छ।द हिन्दुका अनुसार भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार क्वार हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट बनाउन स्वीकृति दिएको छ।यो आयोजना बनाउन ४ हजार ५ सय २६ करोड भारू लगानी हुनेछ।

५४ महिनामा निर्माण सम्पन्न गर्ने भनिएको यो आयोजनामा २७ सय मानिसले रोजगारी पाउने बताइएको छ। चेनाब भ्याली पावर प्रोजेक्ट्स लिमिटेडले बनाउने यो आयोजना जम्मु कस्मिर जिल्लाको किस्तवारस्थित चेनाब नदीमा निर्माण हुनेछ।जम्मु कस्मिरमा भएका नदीहरूबाट २० हजार मेगावाट बिजुली निकाल्न सकिने अध्ययनहरूले देखाएका छन्।तर अहिलेसम्म त्यहाँ २ हजार ४ सय मेगावाट बिजुलीमात्रै जलविद्युत आयोजनाबाट निकालिएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com