Home समाचार रासिद खानले जिताए गुजरातलाई, नवप्रवेशी टोली उक्लियो शीर्ष स्थानमा

रासिद खानले जिताए गुजरातलाई, नवप्रवेशी टोली उक्लियो शीर्ष स्थानमा

by ईलालटिन
0 comment

काठमाडौं । नवप्रवेशी गुजरात टाइटन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को शीर्ष स्थानमा उक्लिएको छ।मुम्बईमा बुधबार राति भएको रोमाञ्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो। हैदरावादले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको गुजरातले अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। गुजरातको जितमा रासिद खान नायक बने। अन्तिम ओभरमा २२ रन चाहिएको बेला रासिदले ३ छक्का प्रहार गर्दै रोमाञ्चक जित दिलाए। रासिदले राहुल टेवाटियासँग २४ बलमा ५९ रनको साझेदारी गरेका थिए।

अन्तिम ओभरको पहिलो बलमा मार्को जान्सेनले छक्का प्रहार गरेका टेबाटियाले दोस्रो बलमा १ रन लिँदै रासिदलाई स्ट्राइक दिएका थिए। चार बलमा १५ रन आवश्यक रहेको अवस्थामा रासिदले तेस्रो बलमा छक्का प्रहार गरे। चौथो बलमा डट खेलेका रासिदले त्यसपछि लगातार २ छक्का प्रहार गर्दै रोमाञ्चक जित दिलाएका हुन्। त्यसअघि रिद्दिमान शाहले ६८ रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै राहुल टेवाटियाले अविजित ४० रन जोडे। सुबमन गिल २२ र डिभिड मिलर १७ तथा कप्तान हार्दिक पान्डय १० रनमा आउट भएका थिए ।

हैदरावादका उम्रन मलिक एक्लैले ५ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो। हैदराबादका लागि ओपनर अभिषेक शर्मा र एडेन माक्ररमले अर्धसतक पुरा गरेका थिए।४२ बल खेलेका शर्माले ६ चौका र ३ छक्कासहित सर्वाधिक ६५ रन बनाए।   ४० बल खेलेका माक्ररमले २ चौका र ३ छक्कासहित ५६ रन बनाएका थिए। हैदराबादले अन्तिम ओभरमा ४ छक्कासहित २५ रन जोडेको थियो।

शशांक सिंह ६ बलमा १ चौका र ३ छक्कासहित २५ रनमा अविजित रहे।  राहुल त्रिपाठीले १८ रन बनाउँदा मार्को यानसन ८ रनमा अविजित रहे। कप्तान केन विलियम्सन ५ रनमा आउट भए । गुजरातका मोहमद शामीले ३ विकेट लिए । यश डायल र अल्जारी जोसेफले १/१ विकेट लिए । सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com