Home समाचार नेपाली सेनाद्वारा कङ्गोमा १२ किमी सडक निर्माण

नेपाली सेनाद्वारा कङ्गोमा १२ किमी सडक निर्माण

by ईलालटिन
0 comment

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ ।गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते सम्मान गरी कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले शुभारम्भ गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

-उक्त अवसरमा सहभागी अधिकारीहरुले नेपाली शान्ति सेना गुल्मद्वारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेको थियो । द्वन्द्वग्रस्त मुलुकमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीका अलावा स्थानीय समुदाय लक्षित जनहितकारी कार्यले स्थानीय र शान्ति सैनिकबीच विश्वासको वातावरण सिर्जना भई सम्बन्ध प्रगाढ हुने नेपाली सेनाले विश्वास लिएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com