Home समाचार कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विद्यार्थी आन्दोलनमा

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विद्यार्थी आन्दोलनमा

by ईलालटिन
0 comment

काठमाडौं ।  कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरु विगत १५ दिनदेखि आन्दोलनमा उत्रेका छन् । विद्यार्थी आन्दोलनका कारण दुई सातायता डीन कार्यालयमा ताला लागेको छ । डीन कार्यालयले ताला लागेको १४ दिन बितिसक्दा पनि चासो नदेखाएपछि विद्यार्थीहरु आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारीमा लागेको अनेरास्ववियु स्नातकोत्तर कमिटी अध्यक्ष दिपेश नेपालले रातोपाटीलाई बताए ।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि र पशु अध्ययन गराउने अध्ययन संस्थान हो । गत फागुन २६ गते अध्ययन संस्थानले नयाँ शैक्षिक सत्रमा  स्नातक पढ्न चाहने विद्यार्थीका लागि प्रवेश परिक्षा लिएको थियो । उक्त दिन बेलुका थोरै विद्यार्थी उत्तीर्ण भएको जानकारी भएपछि, विगतका दिनहरुमा विद्यार्थी उत्तीर्ण हुन ५० प्रतिशत अङ्क चाहिनेमा रातारात भर्ना समितिको बैठक बसेर ४० प्रतिशतमा झार्ने निर्णयको विरोधमा विद्यार्थी संगठन लागेका हुन् ।

कृषि स्नातक अध्ययन हुने कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका चार आंगिक क्याम्पस लमजुङ क्याम्पस, पक्लिहवा क्याम्पस, रामपुर क्याम्पस र गौरादह क्याम्पसका तीन विद्यार्थी समूह अनेरास्ववियु, ने.वि.संघ र अनेरास्ववियू (क्रान्तिकारी) ले विरोधस्वरुप विज्ञप्ति जारी गरेका थिए । त्यसमा स्नातकोत्तर कमिटीका चारवटै विद्यार्थी संगठनको ऐक्यबद्धता रहेको थियो । -त्रिविमा कृषि स्नातक अध्ययन गर्न चाहने विद्यार्थी घट्दै जानुमा कृषि पढाई हुने क्याम्पसको अवस्था, प्राध्यापकहरूको अभाव, प्रशासनको मनलाग्दीजस्ता कारण रहेको विद्यार्थीहरुको भनाइ छ ।रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com