Home समाचार वडाको पहलमा नयाँबानेश्वर क्षेत्रको ५० रोपनी जग्गा संरक्षण

वडाको पहलमा नयाँबानेश्वर क्षेत्रको ५० रोपनी जग्गा संरक्षण

by ईलालटिन
0 comment

काठमाडौँ ।  महानगरपालिका–१० का विभिन्न भागमा रहेको ५० रोपनी सार्वजनिक जग्गालाई संरक्षण गरी उद्यान निर्माण गरिएको छ । वडा क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण गरी खुला स्थानको विकास गर्ने नीतिअनुसार रु तीन करोड ५० लाख लगानीमा उद्यान निर्माण गरेर ११ ठाउँका गरी करिब ५० रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको वडाध्यक्ष रामकुमार केसीले राससलाई जानकारी दिए ।

नयाँबानेश्वर, छक्कुबक्कु, जोगीकुटी, संयुक्त राष्ट्रसङ्घीय उद्यान (युएन पार्क), सेतो गणेशस्थानसँगैको स्थललगायत स्थानको सार्वजनिक जग्गा वडाको नेतृत्वमा संरक्षण भएको हो । -सार्वजनिक जग्गा संरक्षणका लागि यस क्षेत्रबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले समेत सहयोग गरेको वडा कार्यालयले जनाएको छ । मन्त्री श्रेष्ठले प्रदेशसभा सदस्यका रूपमा मात्र प्रतिनिधित्व गर्दा पनि सार्वजनिक जग्गामा रोपेको म-कै काटेर उद्यान निर्माण गर्ने कामको नेतृत्व गरेका थिए ।

विभिन्न विद्यालय एवं व्यक्तिले मिचेका बागमती र रुद्रमती नदी किनारका जग्गा खाली गर्न पनि मन्त्री श्रेष्ठले आफैँ स्थलगतरूपमा खटेर सहयोग गरेका छन् । विभिन्न व्यक्ति एवं संस्थाले मिचेका करिब २० रोपनी जग्गा भने अझै संरक्षणमा ल्याउन नसकिएको वडाध्यक्ष केसीले सुनाए । ती जग्गा पनि संरक्षण गर्ने गरी वडा कार्यालयले योजना बनाइसकेको छ । संरक्षण गरिएका र गर्न बाँकी जग्गामा बनेको उद्यानलाई भूकम्पलगायत प्राकृतिक प्रकोपका बेला पनि उपयोगमा ल्याउन सकिने गरी खुला स्थलका रूपमा विकास गरिएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com