Home समाचार बागलुङ एमालेमा ५५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

बागलुङ एमालेमा ५५५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

by ईलालटिन
0 comment

बाग्लुङ । नेकपा एमाले जिल्ला कमिटी बागलुङले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोमबार बसेको एमाले बागलुङ जिल्ला कमिटीको दोस्रो बैठकले पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा स्थानीय निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्न निर्वाचन परिचालन कमिटी गठन गरेको अध्यक्ष केसीले जनाएका छन् ।

त्यस्तै बैठकले जिल्लाका १० वटै स्थानीय तह पालिकास्तरीय चुनावी प्रतिवद्धता तयार पार्न सचिव विष्णु भुसालको संयोजकत्वमा संयोजन समिति गठन गरेको छ । साथै स्थानीय तह निर्वाचन लक्षित प्रचारप्रसारका लागि ५०१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com