काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल छाडेर एमालेमा प्रवेश गरेका शिव पटेलले आफू सहभागी रहेको दल मधेसको मुद्दाप्रति स्थिर नरहेको बताए । मधेसवादी दलका नेता तथा कार्यकर्ताहरू मधेसमा विचलित भइरहेको बताउँदै उनले भने, ‘हामी मधेसको हो, विदेशी होइन, हामी यही नेपालको हो । यो देश एमालेले मात्र बनाउनसक्छ ।’ देश बने मधेस आफै बन्ने बताउँदै उनले आफ्नो राजनीतिक जीवन रहेसम्म एमालेमा रही रहने बताए ।
-मधेसी समुदायले यो देशमा आफ्नो पहिचानका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै उनले आफू मधेस र मधेसीका लागि विगत ३० वर्षदेखि आन्दोलित रहँदै आएको बताए । केही दिनपछि भए पनि पर्सामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आगमन हुनुपर्ने कुरा राख्दै पटेलले अोलीको हातबाट टिका ग्रहण गरेर एमालेमा प्रवेश गर्न थुप्रै नेता तथा कार्यकर्ता आतुर रहेको बताए । रातोपाटी ।