Home समाचार भित्तेपात्रोको अनुगमन गर्न सरकारी समिति, स्वीकृति नलिनेलाई कारबाही गरिने

भित्तेपात्रोको अनुगमन गर्न सरकारी समिति, स्वीकृति नलिनेलाई कारबाही गरिने

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रो (क्यालेन्डर) को बजारमा अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुगमन समिति गठन भएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीको संयोजकत्वमा गठित बजार अनुगमन समितिमा पञ्चाङ्गकार मुरारीराज पाण्डे र समितिका कर्मचारी खिलहरि घिमिरे सदस्य रहेका छन् ।

समितिले बजार अनुगमन गरी स्वीकृति नलिएका भित्तेपात्रो जफत गरी कानुनी कारबाहीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयमा पेस गर्ने जनाइएको छ । समितिले विसं २०७९ का लागि हालसम्म १०० भन्दा बढी भित्तेपात्रोलाई प्रकाशनका लागि स्वीकृ-ति दिएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले  जानकारी दिए । समितिले १४ पात्रोलाई प्रकाशनको स्वीकृति दिएको छ । स्वीकृति प्राप्त भित्तेपात्रो र पात्रोले प्रकाशनका क्रममा समितिबाट स्वीकृति प्राप्त भनी उल्लेख गर्नुपर्ने व्यवस्था छ । आफूखुसी निस्किएका भित्तेपात्रोले चाडपर्व, बिदालगायत विषयमा भ्रम सृजना गरेको भन्दै सरकारले भित्तेपात्रो प्रकाशनअघि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो ।

वि.सं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गर्दै पात्रो र भित्तेपात्रो प्रकाशनअघि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो । पात्रो र भित्तेपात्रोमा आफूखुसी चाडपर्व, बिदालगायत विषय उल्लेख गर्दा समस्या भएपछि समितिले यस्तो व्यवस्था गरेको हो । भि-त्तेपात्रोमा मूल्य निर्धारण गरेकाले रु १० हजार र मूल्य निर्धारण नगरेकाले रु पाँच हजार शुल्क तिनुपर्ने व्यवस्था पनि समितिले गरेको छ ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com