Home समाचार काँग्रेस मुख्यालय सानेपामा नेविसंघको धर्ना

काँग्रेस मुख्यालय सानेपामा नेविसंघको धर्ना

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका असन्तुष्ट नेता कार्यकर्ता पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन् । लामो समयदेखि नेविसंघको महाधिवेशन नभएको र विधानअनुसार महाधिवेशनको माग गर्दै आइतबार उनीहरुले धर्ना दिएका हुन् । नेविसंघमा उमेर हदबन्दी ३२ वर्ष बनाएर पार्टीले विद्यार्थी नेताहरुलाई जुधाउन खोजेको बताउँदै नेविसंघका नेता अनिल खनालले सो को खारेजी गर्नुपर्ने बताए ।

उनले तरुण दलका लागि पनि ४५ बर्षे उमेर हद लगाएर पार्टीले नेता कार्यकर्तालाई जुधाउन खोजेको बताए । नेविसंघको अविलम्ब महाधिवेशनको माग गर्दै पार्टीका -कार्यालय सचिवलाई ज्ञापनपत्र बुझाएर उनीहरु पार्टी कार्यालयमा धर्नामा बसेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com