पर्वत । नेपाल आदिवासी जनजाती महासङ्घ पर्वतको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सोमबहादुर फगामी पुनको नेतृत्वमा १८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा महेन्द्र गुरुङ र राजु तुलाचन, पवित्रा श्रेष्ठ, सचिवमा निरमाया पाईजा पुन, सहसचिवमा रामकृष्ण कुमाल, जयन्ती गुरुङ, बलबहादुर माझी र कोषाध्यक्षमा निरबहादुर फकामी पुन रहनुभएको छ ।
सदस्यहरूमा सरिता पुर्जा पुन, भिमसेन थापा, देउबहादुर पुर्जा पुन, भीमबहादुर गुरुङ, ध्रुव श्रेष्ठ, राम थापा मगर, सुबेदार भिमबहादुर पुन, सपना गौचन र भीम गौचन रहनुभएको छ ।
त्यसै गरी राजन गुरुङको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार सदस्यहरूमा विष्णुप्रसाद नेवार, दमबहादुर गुरुङ, धनराज गुरुङ, गुमबहादुर पुन, रामबहादुर पुन र लालबहादुर गुरुङ रहनुभएको छ ।

यस अघि आयोजित उद्घाटन कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आदिवासी जनजातीहरु आफ्नो हक अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको विकासका निम्ति आदिवासी जनजातीहरुको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै तीनै तहका सरकारमा आफ्ना अधिकार स्थापित गर्नका लागि सक्रिय रहन समेत नवनिर्वाचित समितिलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा आदिवासी जनजाती महासङ्घका प्रदेश अध्यक्ष खेम पुन जलजला गाउँपालिकाका उपाध्यक्ष सीमा पुन लगायतले बोल्नुभएको थियो । कार्यक्रम राजन गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।