Home समाचार कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाई

कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाई

by ईलालटिन
0 comment

काठमाडौं ।  कोरोना संक्रमण घटेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मामसे गरी सवारी साधन चलाउने ७८ जनालाई कारवाही गरेको छ । उनीहरुलाई सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कारवाही गरिएको हो । ट्राफिक प्रहरीले सोमबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने कूल १ हजार ७५७ जना चालकहरूलाई कारवाही गरेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्ने चालकमा मदिरा पिएर सवारी साधन चलाउने ७८ जना, फुटपाथमा पार्किङ गर्ने १०४ जना र जथाभावी- यात्रु चढाउने तथा ओराल्ने ७७ जना रहेका छन् । यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने ४० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३८ जना चालकहरूलाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com