Home समाचार रुसी आक्रमणको विरोधमा शान्ति समाजद्वारा काठमाडौंमा प्रदर्शन

रुसी आक्रमणको विरोधमा शान्ति समाजद्वारा काठमाडौंमा प्रदर्शन

by ईलालटिन
0 comment

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले सोमबार बिहान काठमाडौंमा प्रदर्शन गरेको छ ।  समाजको काठमाडौं शाखाको आयोजनामा बौद्धनाथ अगाडि प्रदर्शन गरिएको हो । सो क्रममा अधिकारकर्मीहरूले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए भने मैनबत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए ।

आधा घण्टासम्म भएको प्रदर्शनमा, ‘युक्रेनमाथि रुसको आक्रमण मानवता विरुद्धको अपराध हो, रुसः तत्काल युद्ध रोक, रुसः मानवता विरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर,  युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गरलगायत लेखिएका प्लेकार्डसहितको नारा लगाइएको थियो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, अपिल समिति संयोजक बलबहादुर गाहा मगर, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल र उमा गौतम, पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, पुर्व केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, दुर्गा राना  र यदु खतिवडालगायत सहभागी थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com