Home समाचार गुप्तेश्वर क्याम्पसमा बिदाइ कार्यक्रम 

गुप्तेश्वर क्याम्पसमा बिदाइ कार्यक्रम 

by ईलालटिन
0 comment

पर्वत । कुश्मास्थीत गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहको व्यवस्थापन सङ्कायतर्फका विद्यँर्थीहरुलाई बिदाइ गरिएको छ । चार वर्षे व्यवस्थापन सङ्काय अन्तर्गत अन्तिम वर्षको परीक्षा सम्पन्न गरेका विद्यँर्थीहरुलाई बिहीबार एक कार्यक्रमको आयोजना गरेर क्याम्पसले हार्दिकताका साथ बिदाइ गरेको हो ।

स्नातक तहमा अध्ययनरत २५ जना विद्यार्थीहरूलाई सामूहिक भेला गराएर क्याम्पसले चार वर्षसम्म क्याम्पसमा बिताएको समयलाई आगामी दिनमा पनि स्मरण गरेर क्याम्पसको विकास र बिस्तारका लागि योगदान गर्न क्याम्पस प्रमुख सुभाष पन्तले आग्रह गर्नुभयो ।

प्रमुख शर्माले गुप्तेश्वर क्याम्पसमा यसअघि अध्ययन गरेका विद्यार्थीहरूकै सहयोग र योगदानका कारण क्याम्पस यो अवस्थासम्म आइपुगेको स्मरण गर्दै बिदाइ भएर जाँदै गरेका विद्यार्थीहरूलाई पनि क्याम्पसलाई कहिल्यै नबिर्सन आग्रह गर्नुभयो ।

विद्यार्थीहरूको तर्फबाट बोल्दै दिलीपकुमार यादव र पूजा अधिकारीले विश्वविद्यालयको शिक्षा लिने क्रममा गुप्तेश्वर क्याम्पसबाट सिकेका कुराहरूलाई आफूहरूले जीवनभर कहिल्यै नबिर्सने बताउनुभयो । साथै आगामी थप उच्च शिक्षाका लागि पनि गुप्तेश्वर क्याम्पसलाई नै सम्झिने उहाँहरूले बताउनुभयो ।

पर्वतमै पहिलो पटक स्नातकोत्तर तहको समेत कक्षा सञ्चालन भएकोले अन्तिम नतिजा सार्वजनिक हुने बित्तिकै गुप्तेश्वरमै अध्ययन गर्न आउने भएकोले यो बिदाइ केही समयको मात्रै भएको विद्यार्थीहरूले बताएका थिए ।

क्याम्पस प्रमुख सुभाष पन्तको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा सहायक क्याम्पस प्रमुख ओमकार गिरी, व्यवस्थापन सङ्कायतर्फका विभागीय प्रमुख दुर्गा पाण्डे, शिक्षा विभाग प्रमुख बलराम रिजाल, गुप्तेश्वर क्याम्पसको प्राध्यापक सङ्घका सभापति तोयानाथ उपाध्यायले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो ।

क्याम्पसका सहायक प्राध्यापक रमेश शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा क्याम्पसका सहायक प्राध्यापकहरू सुमन गौंडेल, अगन्धर तिवारी, विष्णु गिरी, प्रकाश चापागाईँ, धनप्रसाद भण्डारी लगायतको सहभागिता रहेको थियो ।
तस्बिर पनि छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com