Home TV कर्णेलको दरबार अर्थात् …मल्लाज दरबार (भिडियो)

कर्णेलको दरबार अर्थात् …मल्लाज दरबार (भिडियो)

by ईलालटिन
0 comment

पर्वत । जलजला गाउँपालिकाको मल्लाज स्थित ऐतिहासिक ‘मल्लाज दरबार’ले नयाँ स्वरूप पाएको छ । लामो समयदेखि खण्डहर जस्तै रहेको दरबारमा मर्मत सम्भार पछि पर्यटकीय आकर्षणको केन्द्र बिन्दु बन्न पुगेको छ ।

नेपाली सेनाका तत्कालीन कर्णेल तेजबम मल्लले १९१८ सालमा निर्माण गरेको हुँदा यस दरबारलाई कर्णेलको दरबार भनेर पनि चिन्ने गरिन्छ । राणाकलामा राजा सुरेन्द्रविक्रम शाहले कर्णेल तेजबमलाई उल्लेखनीय कार्य गरेको भन्दै ‘त्यस क्षेत्रको राज्य गर्नू’ भनी करिब ५० रोपनी क्षेत्रफलको जग्गा बिर्ताका रूपमा दिएका थिए ।

कर्णेल तेजबमले सोही समय करिब २२ रोपनी क्षेत्रफलमा यस दरबारको निर्माण गराएका हुन् । उनको मृत्युपछि सन्तानहरू यहाँ बसेनन् । जसका कारण यस दरबार खण्डहरका रूपमा परिणत हुँदै गएकोमा अहिले भने उनका पनाति मुकुन्द मल्लले दरबारको पुनर्निर्माण गराएका हुन् ।

उनले दरबारको ऐतिहासिक महत्त्वलाई संरक्षण गर्दै आगामी पुस्तालाई इतिहासको बारेमा बुझ्न सजिलो होस् भनेर यस दरबारलाई रिसार्टको रूपमा अघि बढाएका हुन् । दरबार हेर्नका लागि स्थानीय देखि विभिन्न जिल्लाका पर्यटकहरू आउने गरेका छन् । यति बेला भने कोरोनाको कारण दरबार प्रवेशमा रोक लगाइएको छ ।

पर्वतको पहिचानका रूपमा रहेको यस दरबारमा सदरमुकाम कुश्मादेखि गाडीमा झन्डै ४५ मिनेटको यात्रापछि पुग्न सकिन्छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com