Home विशेष चन्द्रागिरिमा हिउँ खेल्न जाँदा हराएका ५ जनाको मध्यरातमा उद्धार

चन्द्रागिरिमा हिउँ खेल्न जाँदा हराएका ५ जनाको मध्यरातमा उद्धार

by ईलालटिन
0 comment

काठमाडौं ।  चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँच जना हराएपछि उद्धार गरिएको छ। महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनालाई गए राति उद्धार गरेको हो।चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका उनीहरू आइतबार हिउँ खेल्न गएका थिए। बेलुकीसम्म पनि घर नफर्केपछि उनीहरूको खोजी गरिएको थियो। ५ जना हराइरहेको भन्ने खबर प्रहरीलाई आइतबार बेलुकी ८:३० मा खबर भएको थियो।

त्यसपछि प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेय र महानगरीय प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विपद व्यवस्थापन गुल्म सामाखुसीसहित ३७ जना प्रहरी टोलीले हिउँ खेल्न जाँदा हराएकाहरूको खोजी गरेको थियो।महादेवस्थानकी २३ वर्षकी रिता गुरूङ, १५ वर्षकी सौभाग्य गुरूङ, १३ वर्षका सहज गुरूङ, ११ वर्षकी जेनिसा गुरूङ र ७ वर्षका एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।पाँच घन्टा खोजेपछि उनीहरूलाई चन्द्रागिरि जंगलबाट राति १:१५ बजे फेला पारिएको प्रहरीले जनाएको छ। उनीहरूलाई सकुशल उद्धार गरेर आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com