Home बुलेट न्युज नेपाल कम्युनिष्ट पार्टीले निकाल्यो अध्यक्ष ऋषि कट्टेललाई

नेपाल कम्युनिष्ट पार्टीले निकाल्यो अध्यक्ष ऋषि कट्टेललाई

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाट निस्काशन गरेको छ।गोरखाको कट्टेलडाँडाका ऋषिराम लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष थिए।अध्यक्ष कट्टेललाई कार्यबाहक अध्यक्ष लोकनारायण सुवेदीले साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निकालेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन्। दलको अहितमा काम गरेको आरोपसहित कट्टेललाई पार्टीले स्पष्टीकरण सोधेको थियो। केन्द्रीय समितिले माघ ५ मा जाँचबुझ समिति गठनसमेत गरेको थियो।

उक्त समितिको माघ ७ को निर्णयअनुसार स्पष्टीकरण सोधिएकोमा अध्यक्ष कट्टेलले कुनै जवाफ नदिएपछि साधारण सदस्यसमेत नरहने गरी पद र जिम्मेवारीबाट हटाइएको कार्यबाहक अध्यक्ष सुवेदीले माघ १३ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।कट्टेलले नेपाल कम्युनिष्ट पार्टी आफूहरूले दर्ता गरेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाविरूद्ध सर्वोच्चमा मुद्दा दिएर जितेका थिए।

पार्टीले होइन गुटले विज्ञप्ति निकालेका हुन्: कट्टेल

आफूलाई पार्टीको एक गुटले कारबाहीको विज्ञप्ति जारी गरेको अध्यक्ष कट्टेलले बताए। ‘सडकबाट अध्यक्ष निकालेर निस्कन्छ? यो पार्टी त निर्वाचन आयोगमा दर्ता छ,’ सेतोपाटीसँग कुराकानी गर्दै अध्यक्ष कट्टेलले भने, ‘कारबाहीको विज्ञप्ति निकालेका रहेछन् आज केन्द्रीय कार्यालयले यसबारे खण्डन गरेर विज्ञप्ति जारी गर्छ।’अध्यक्ष कट्टेलका अनुसार गत पुस १७ देखि १९ मा पार्टीको महाधिवेशन जनकपुरमा भएको थियो।

महाधिवेशनबाट आफू अध्यक्ष निर्वाचित भएकोले ‘गुटका नेताले कारबाही गर्दैमा कारबाही नहुने’ उनले बताए। अब बस्ने केन्द्रीय समिति बैठकले विज्ञप्ति जारी गर्दै हिँड्नेहरूविरूद्ध छलफल गरी आवश्यक निर्णय लिने पनि कट्टेलले बताए। आफूविरूद्धका यस्ता कदमलाई उनले पार्टीभित्र आकर्षण रहेकोले पार्टीको नाम लिन विभिन्न शक्तिले चलखेल गरिरहेकोसमेत दाबी गरेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com