Home विश्व/प्रवास केएल राहुल आइपिएलको सबैभन्दा महंगा खेलाडी, पाए १७ करोड

केएल राहुल आइपिएलको सबैभन्दा महंगा खेलाडी, पाए १७ करोड

by ईलालटिन
0 comment

मुम्बई । पुराना आठ र नयाँ दुईसहित आइपिएलमा यसपटकदेखि १० टिमले सहभागिता हुने छ।नयाँ फ्रेन्चाइज क्लब अहमदाबाद र लखनउले पनि तीन तीन खेलाडी घोषणा गरेसँगै सबै १० टिमले न्यूनतम् खेलाडी रिटेन र रिलिज गरेका छन्। अब हरेक टिमले आफूसँग बचेको रकमबाट आगामी फेब्रुअरी १२ र १३ मा बैंलुरूमा हुने मेगा अक्सनमा खेलाडी खरिद गर्नेछन्।

आइपिएलका सबैभन्दा महंगा खेलाडी सनराइजर्स हैदरवादका केएल राहुल छन्। उनले अक्सनमा १७ करोड भारु पाएका छन्। उनीपछि मुम्बई इन्डियन्सका रोहित शर्माले १६ करोड पाएका छन्। दिल्ली क्यापिटल्सका ऋषभ पन्तको पनि १६ करोड नै रहेको छ।रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहलीको १५ करोड भारु रहेको छ।

यसैगरी, चेन्नई सुपर किंग्सका महेन्द्रसिंह धोनीको १२ करोड, कोलकता नाइट राइडर्सका आन्द्रे रसेल १२ करोड, राजस्थान रोयल्सका सन्जु सामसन १४ करोड, पञ्जाव किंग्सका मयंक अग्रवाल १२ करोड,  अहमदाबादका हार्दिक पाण्ड्या र रसिद खानको १५-१५ करोड अक्सन मूल्य तोकिएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com