Home बुलेट न्युज लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे बोल्यो सरकार

लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे बोल्यो सरकार

by ईलालटिन
0 comment

काठमाडौं ।  लिपुलेकमा भारतीय सरकारले एकपक्षीय रूपमा सडक निर्माण गरेकोबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ।आइतबार सिंहदरबारस्थित पत्रकार सम्मेलनमा बोल्दै सरकार प्रवक्ता तथा सञ्चार प्रविधि तथा सूचना मन्त्री ज्ञानेन्द्र कार्कीले यसबारे धारणा सार्वजनिक गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बर ३०मा उत्तराखण्डको हल्दवानीमा चुनावी सभामा बोल्दै लिपुलेकमा सडक निर्माण गरिरहेको बताएका थिए।

उनको सो अभिव्यक्तिपछि प्रतिपक्षी तथा सत्तारूढ दलले समेत विरोध जनाएको थिए। महाकाली नदिका पूर्व लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ। नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एक पक्षीय युनिल्याटरल सडक निर्माण-विस्तार रोक्न आग्रह गर्दै आएको छ,’ कार्कीले भने।

यस्तै यो सीमा समस्याको समाधान कूटनीटिक माध्यमबाट गर्न प्रतिबद्ध रहेको समेत कार्कीले उल्लेख गरे। नेपाल-भारतकोबीच रही आएको घनिष्ठ र मैत्रिपूर्ण सम्बन्धको मर्म र भावना अनुसार दुई देश बीचको सीमा समस्या समाधान ऐतिहासिक सन्धी, सम्झौता, तथ्य, नक्सा र प्रमाणको आधारमा कूटनीटिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहि आएको छ,’ उनले थपे। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com