Home बुलेट न्युज भारतमा भयावह कोरोना : एकै दिन २ लाख ४५ हजार सङ्क्रमित, ३७९ जनाको मृत्यु

भारतमा भयावह कोरोना : एकै दिन २ लाख ४५ हजार सङ्क्रमित, ३७९ जनाको मृत्यु

by ईलालटिन
0 comment

भारत ।   भारतमा बुधबार एकै दिन २ लाख ४५ हजार ५२५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यही अवधिमा ८४ हजार ४७९ जना निको भए भने ३७९ जनाको मृत्यु भएको छ । भारतमा सक्रिय सक्रिय सङ्क्रमितको सङ्ख्यामा १ लाख ६१ हजार ७२१ जना थपिएका छन् । देशमा हाल ११ लाख ११ हजार सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाख बढी पुगेको यो पहिलो अवसर हो ।

दिनमा नयाँ सङ्क्रमितको सङ्ख्यामा ५२ हजारले वृद्धि भएको छ । यसअघि मंगलबार १ लाख ९३ हजार सङ्क्रमित थपिएका थिए । हालसम्म भारतमा ३.६३ करोड जनसङ्ख्या कोरोना सङ्क्रमित भइसकेका छन् । यसमध्ये ३.४७ करोड सङ्क्रमणमुक्त पनि भइसकेका छन् । भारतमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ४ लाख ८५ हजार ३६ जनाको मृत्यु भइसकेको छ ।

यता, भारतको राजधानी नयाँ दिल्लीमा सङ्क्रमण दर बढेर २६.२२ प्रतिशत पुगेको छ । यसअघि मे ५ मा दिल्लीको सङ्क्रमण दर २५ प्रतिशत पुगेको थियो । कोरोनाभाइरसको सङ्क्रमणबाट भारतका सबैभन्दा प्रभावित ५ राज्यहरूमा महाराष्ट्र, पश्चिम बंगाल, दिल्ली, तमिलनाडु र कर्नाटक रहेका छन् ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com